
<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर, साउन, काठमाडौं । </span></pre><p style="text-align: justify; ">चलचित्र ‘झमकबहादुर’ उपत्यकामा मात्र नभएर मोफसलका हलहरुमा पनि हाउसफुल भएको छ। यही श्रावण १८ बाट प्रर्दशनमा आएको चलचित्र काठमान्डौ उपत्यका हलहरू गोपी कृष्ण चाबहील,अष्ट नारायण बालाजु,गंगा चलचित्र मन्दिर, बालाजु लगाएतका हलहरुमा हाउसफुल भएको छ भने उपत्यका बाहिर धरान,बिराटनगर, चितवन, पोखरा,बुटवल लगाएतका हलहरू हाउसफुल भएको छ।</p><p style="text-align: justify; ">कमेडी जनरामा निर्माण भएको यस चलचित्र सुरू देखी अनत्य सम्म मनोरञ्ज नै मनोरञ्जनले भरिएको छ। चलचित्रले राम्रो लय लिएकोमा आफु खुशी भएको निर्माता मिन कुमार तामाङ बताउँछन । चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक भोमन कटुवाल बताउँछन् । चलचित्रमा अनुप बिक्रम शाही, मिन कुमार तामाङ,यादब देवकोटा (सरापे),राजु कमेडी, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य अभिनय रहेको छ ।<br></p>