
<pre style="line-height: 1.42857; text-align: justify;"><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify;">पारस नेपालको स्वरमा रहेको ‘कस्तो हुन्थ्यो’ गीत सार्वजनिक गरिएको छ । गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्द छन् भने जुगल डंगोलले संगीतबद्ध गरेका छन् । गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।</p><p style="text-align: justify;">पारसले गाएका पाँच गीत समेटिएको ‘धरोहर’ राजधानीमा हालै विमोचन भएको हो । उक्त एल्बममा ‘गर्मी भयो रे भन्छन्,’ ‘दायाँबायाँ बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई’ र ‘तिमीले टेक्ने माटो उही’ लगायत गरी राष्ट्रिय भावनाका पाँच गीत छन् । क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत पनि जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन् । कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि पनि राष्ट्रिय भावकै गीतसहित श्रोतामाझ आएका थिए । ‘नालापानी कालापानी’ बोलको उक्त सिंगल ट्र्याकमा पारसकै शब्द र जुगलकै संगीत सुन्न सकिन्छ ।</p><pre style="text-align: justify;"><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/yDkAu1LUC2g" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify;"> </p>