मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र ‘धूम ३’ प्रर्दशनमा आएपछि अब ‘धूम ४’ को चर्चा हुन थालेको छ । यशराज ब्यानर निर्माण हुन लागेको उक्त चलचित्रमाको स्टारकास्टलाई लिएर विभिन्न खबर मिडियामा आइरहेको छ तर अहिलेसम्म चलचित्रसँग जोडिएको कुनै आधिकारिक जानकारी आएको छैन ।

बताएअनुसार, आमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को फर्स्ट लुक प्रर्दशन गरेपछि यशराज फिल्म्सले ‘धूम ४’ चलचित्रको स्टारकास्टको घोषणा गर्ने तयारीमा छ । चलचित्रको खलनायकको रोलमा सलमान खान नभएर शाहरुख खान देखिन सक्ने बताइएको छ । हाल शाहरुख चलचित्र जीरोको छायांकनमा ब्यस्त छन् बताएअनुसार जीरो पछि शाहरुख ‘धूम ४’ को सेट ज्वाइन गर्नसक्ने चर्चा छ ।