आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

सानैदेखी डान्सर बन्ने ईच्छा बोकेकी सुनिक्षा मैनालीले अमेरिकामा मोडलिङ सुरु गरेकी छिन्। सुनिक्षाले नेपाली म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन्।

आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले आफ्नो मोडलिङ गर्ने सपनालाई पनि पढाइसँगै एकसाथ अगाडी बढाइरहेकी छिन्। उनले अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आएको १० वर्ष भयो। अमेरिकामा हुने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा उनले प्रस्तुती दिन थालेकी थिइन्।

राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दिपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण दकालको कहाँ बाट लगायतका आधा दर्जन भन्दा गीतहरुमा उनले अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनको लाखौं तस्विर नामको गीत सार्वजनिक भएको थियो । गीतमा सुनिक्षाले गीतमा दिलिप रायमाझिसँग रोमान्स गरेकी हुन् । गीतमा मिलन अमात्यको स्वर रहेको छ ।

२४ श्रावण २०७५, बिहीबार ०४:४२