आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नवगायिका गोमा कटुवालले आफ्नो २४ औं जन्मदिन मनाएकी छिन् । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा चारदर्जन बढी गीत गाइसकेकी गोमाले बुधबार साँझ राजधानीको ग्वार्कोमा साथीभाईका बिच जन्मदिन मनाएकी हुन् । उनको जन्मदिन सेलिब्रेशनमा नेपाल आइडल प्रतियोगी मेनुका पौडेल लगायत गीतसंगीतका अन्य साथीहरुलाई बोलाएकी थिइन् ।

‘आफ्ना नजिकका केहि साथीहरुका बिच जन्मदिन मनाएकी हुँ, अरु धेरै साथीहरुलाई बोलाउन सकिन, कति साथी आउन पाउनुभएन, शुभकामना दिनुहुने सबैलाई धन्यवाद भन्न चाहान्छु’ गोमाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । गायिका मेनुकाले पनि छोटो समयमै आफूहरु बिचको सम्बन्ध घनिष्ट भएको बताइन् । ‘हाम्री दुबै सांगीतिक क्षेत्रमै भएकाले हाम्रो मित्रता घनिष्ट भएको हो, मैले दिदि मान्छु’ मेनुकाले भनिन् । मोडल टिका भुजेल, गायक मानव रावत क्षेत्री लगायत अन्य उपस्थित सबैले गोमालाई जन्मदिनको शुभकामना दिएका थिए ।

गोमाका ‘बरले भुँई छुँदा’, ‘पिउने बानी भो’, ‘पूर्वेली ठुली’, ‘दोलखा भेटौंला’ लगायतका गीतहरु दर्शकले रुचाएका गीत हुन् । उनले यसबर्षको तीज गीतलाई लक्षित गर्दै ‘साइला मादल बजाउ’बोलको गीत पनि सार्वजनिक गरेकी छिन् ।

video: