आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

म्यानहन्ट नेपालबाट नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेका नायक अनुपबिक्रम शाही पछिल्लो समयका निकै ब्यस्त नायकको रुपमा चिनिन्छ । कुनै चलचित्रमा खलनायक त कुनैमा नायकको भूमिका निभाउने अनु्पलाई दर्शकले दुबै भूमिकामा उत्तिकै मनपराएको पाइन्छ । पछिल्लो समयको हिट चलचित्र ‘कृ’मा उनी खलनायकको भूमिकामा थिए । त्यो भूमिकाबाट पनि उनले राम्रो प्रतिक्रिया पाए । यस्तै त्यसपछिका अन्य सबैजसो चलचित्रमा उनी नायककै भूमिकामा देखिदै आएका छन् । ‘कृ’ पछि उनले ‘हुर्रे, लिलिबिली, बिरांगना, झमकबहादुर’मा काम गरिसकेका छन् ।

पछिल्लो समय बढी ब्यस्त हुन थालेसँगै अनुपलाई बिभिन्न आरोप लाग्न थालेका छन् । चलचित्रको छायांकन सकेपछि उनले प्रमोशनका लागी समय दिदैनन् भन्ने निर्देशक तथा निर्माताहरुको गुनासो छ । केहिसमय अघिमात्रै चलचित्र ‘बिरांगना’ चलचित्रका निर्देशन राजबहादुर सानेले अनुपले समय नदिएको भन्दै चित्त दुखाए । कलाकारहरुले चलचित्रको प्रमोशनमा नहिड्दा निर्माताले ठुलो घाटा बेहोर्नु पर्ने उनले बताएका थिए । यस्तै अनुपको अर्को चलचित्र ‘झमक बहादुर’ टिमले पनि अनुपप्रति चित्त दुखायो । प्रमोशनको समयमा मुख्य कलाकारले नै साथ नदिदा प्रमोशनमा निकै समस्या परेको बताएका थिए । अहिले अनुप ‘पुरानो बुलेट’ चलचित्रको छायांकनमा ब्यस्त छन् ।

साथ दिएको कसले देख्छ ?: अनुप

नायक अनुपले कुनैपनि चलचित्रको छायांकनको समयमा पुरै समय दिने गरेको बताए । उनले चलचित्रको छायांकनमा निकै अप्ठ्यारा परिस्थितीमा पनि निर्माण टिमलाई साथ दिएर छायांकन सकाएको बताउँछन् । ‘मलाई प्रमोशनमा साथ दिएन भनेर नराम्रो म्यासेस दिनुभन्दा भित्री कुरापनि भनिदिएको राम्रो हुन्छ, छायांकनको कठिन परिस्थितीमा पनि कति साथ दिएको छु त्यो कसले बुझ्छ ?’ अनुपले एक मिडियामा अन्तर्वाताको क्रममा भनेका छन् । उनले मिडियाहरुले पनि नबुझि समाचार लेखिदिदा आफ्नो करिअरमै समस्या आउनेसक्ने बताउँछन् । ‘मिडियाहरुले पनि यतिकै नबुझि लेखिदिनुहुन्छ, मैले साथ दिएन हैन कि कति साथ दिए त्यो पनि बाहिर आवस् न, त्यो कसले बुझेको छ र' उनी भन्छन् । उनले भित्रीकुरा पनि बुझेर मात्र मिडियालाई समाचार लेखिदिन आग्रह गरेका छन् ।

अनुपले काम गरेका ‘कमलेको बिहे’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’ अब आउने चलचित्र हुन् ।