मुम्बई/ एजेन्सी

बलिउड अभिनेता फरहान अख्तर र श्रद्धा कपूर लामो समयदेखि प्रेम सम्बन्धमा थिए । मिडियामा यी दुवैको सम्बन्धबारे कैयौँ खबरहरु पनि आए । फरहान र उनकी पत्नी अधुनाबीचको सम्बन्ध विच्छेदको कारण पनि श्रद्धा नै रहेको बताइएको थियो । तर अहिले भने यी दुवै बीचको सम्बन्धमा दरार आएको खबर आएको छ । बताएअनुसार फरहान अख्तरले श्रद्धासँगको सम्बन्ध तोडेर ३७ वर्षीया अभिनेत्री तथा गायिका शिवानी दाण्डेकरको प्रेममा परेका छन ।

फरहान र शिवानीको चिनजान सन् २०१५ मा भएको थियो । पहिल्लो केही समय यता यी दुवै धेरै जसो समय एकअर्काको साथमा बिताइरहेका देखिन्छन् । तर मिडियाले यी दुवैको सम्बन्धबारे प्रश्न गर्दा दुवैका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।

अभिनेत्री श्रद्धा कपूरको नाम फरहार अख्तरसँग जोडिनुअघि उनी आदित्य रोयको प्रेममा रहेका खबरहरु पनि आएका थिए । तर आदित्य र श्रद्धाले आफूहरुबीच प्रेमसम्बन्ध नरहेको भन्दै खबरहरुको खण्डन गरेका थिए । श्रद्धाले आदित्यका साथ चलचित्र ‘आशिकी २’ र‘ओके जानु’ मा काम गरीसकेकी छिन् भने फरहान अख्तरका साथ चलचित्र ‘रकअन २’ मा काम गरेकी थिइन् । श्रद्धा र फरहानबीचको सम्बन्धलाई श्रद्धाको परिवारले मन पराएका थिएनन् । फरहान बिवाहित हुनु र उनी दुई बच्चाका पितासमेत भएका कारण श्रद्धाको परिवारले यस सम्बन्धलाई स्वीकार गरेका थिएनन् ।