आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय म्युजिकल्ली एप निकै हिट छ । चर्चित सेलिब्रेटी देखी साधारण दर्शकले पनि यस एपको प्रयोग गरिरहेका हुन्छन् । एपमा कुनैपनि गीत तथा सम्वादमा अभिनय गरेर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको लर्को नै देखिन्छ । यसैबिच नेपाली चलचित्र निर्माताहरुले यस एपलाई चलचित्र प्रचारमा प्रयोग गर्ने भएका छन् । चलचित्र प्रचारका बिभिन्न शैली अपनाएको बेला म्युजीकल्लीको प्रभाव राम्रो देखेकाले चलचित्र ‘रोजी’ टिमले यो शैली अपनाएको हो ।

यहि आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोजी’ टिमले चलचित्रमा समावेश गीत ‘फूल हैन…’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । निर्देशक निरक पौडेलका अनुसार यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् भने वालमा पनि सेयर गर्न सक्नेछन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ । सर्वोत्कृष्टलाई नगद १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् । ‘फूल हैन…’ मा एलिस कार्कीको संगीत रहेको छ भने प्रविशा अधिकारी र प्रताप दासको स्वर छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्मित क्राइम थ्रीलर फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।