असोज, काठमाडौं । १ सय ७३ आवाजका धनी कलाकार रमेश दुलालले महाराजगंज चक्रपथका डिएसपी बिश्वमणी पोख्रेल लाई सिभिलमै माक्स लगाएर आएर भएपनि अपराधीलाई समात्नुपर्ने बताएका छन् । चाडपर्व नजिकिँदै गर्दा राजधानीमा अपराधका घटनाहरु बढ्नसक्ने भन्दै उनले प्रहरीको पोसाक अलवा पनि अपराधी समाउनु पर्ने बताएका हुन् ।
बुधबार नयाँबसपार्क दुरसञ्चार सँगै रहेको एक क्याफेमा महिला उपकार समाज सुधार मञ्जद्धारा आयोजीत वडा दसैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रममा कलाकार दुलालले प्रहरीहरुले अपराधी समात्नका लागि नयाँ उपाय अपनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् । भर्खरै मात्र सरुवा भई आएका महाराजगंजका डिएसपी बिश्वमणी पोख्रेल लाई अगाडिका डिएसपी सानु भट्टराई ले गरेको उदाहरणीय कामहरुलाई सम्झाउँदै नयाँ ठाउँमा नयाँ तरिकाले अगाडि बढ्न सुझाव दिएका हुन् ।
कार्यक्रमको प्रहरी अतिथि रहेका काठमाडौं जिल्ला प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक उत्तम कुमार कार्कीले पनि नयाँबसपार्क क्षेत्र लाई शान्तिपुर्ण बनाउने र अप्रिय घटना घट्न नदिने गरी आफुले काम थालेको बताए । साथै उनले अपराध भएको देखेमा वा भेटेमा स्थानियले प्रहरीलाई सिधै सम्पर्क गर्न सक्नेकुरा पनि बताएका थिए ।