मुम्बई/ एजेन्सी

प्रियंका चोपडाले सलमान खानको ‘भारत’ छोडेको चर्चाले अझैपनि बलिउड तातिनै रहेको छ । प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड निकसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको कुरा चर्चामा छ । यो विषयले सलमान र प्रियंका बीच दूरी बढेको कुराले पनि थप चर्चा बटुलेको छ । यसैबीच प्रियंकाको हलिउड चलचित्र पछाडि धकेलिएको खबर प्राप्त भएपछि उनी तनावमा छिन् ।

अर्को तिर सलमान रिसाएको कुराले पनि प्रियंकामाथि थप तनाव बढेको छ । यो बीचमा प्रियंकाले सलमान खानलाई खुशी पार्नका लागि उनको ब्यानरमा रहेको चलचित्रको तारीफ गर्ने गरेकी छिन् । चलचित्र ‘भारत’का लागि सलमान र प्रियंका झण्डै एक दशकपछि एकैसाथ काम गर्न लागेका थिए तर प्रियंकाले यो चलचित्र छोडेकी छन् ।