आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बिती जाने’ बोलको म्युजिक भिडियोमा उनले मोडल अस्मिता केसीसँग प्रेमिल दृश्यहरु दिएका छन् । गायनमा भने हिमाललाई चर्चित गायिका शशी रावलले साथ दिएकी छिन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतलाई ¥यापरबिन श्रेष्ठले एरेन्ज गरेका हन् ।

चलचित्र निर्देशनमा चर्चित नाम प्रसन्न पौडेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पोखरा र त्यस आसपासका सुन्दर दृश्यहरुलाई समेटिएको छ । भिडियोमा दुवैले गर्ने प्रेमिल क्रियाकलापले जोकोहीको पनि मन लोभ्याउँछ । विदुर पाण्डेले छायांकन गरेको दृश्यलाई काँटछाँट भने टेकेन्द्र शाहले गरेका हुन् ।

(भिडियो)