‘दाल भात तरकारी’मा ११ जनाको लगानी, महजोडी देखी पुष्पसम्मले गर्नेछन् अभिनय

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र 'शत्रुगते'कै टिमले अर्को नयाँ चलचित्र 'दाल भात तरकारी' निर्माण गर्ने भएका छन् । महसञ्चारको प्रस्तुतीमा रहने यो चलचित्रमा ११ जनाको लगानी रहनेछ । हाँस्यप्रदान भनिएको यो चलचित्रमा 'शत्रुगते'मा जस्तै पुराना पुस्ताका कलाकार देखी नयाँ कलाकारहरुले अभिनय गर्नेछन् । 'शत्रुगते'मा रहेका कलाकार दिपकराज गिरी, दिपाश्री निरौला त्यस्तै नायक पल शाह र नायिका आँचल शर्मा भने हुनेछैनन् । चलचित्रका लागी अन्य केहि कलाकार थपिएका छन् ।

बुधबार राजधानीमा आयोजीत घोषणा कार्यक्रममा चलचित्रका निर्माण टिम तथा कलाकारहरुले चलचित्र निकै रमाइलो बन्नेमा आशावादी रहेको बताए । निर्माता मध्येका एक किरण केसीले चलचित्रको नाम दाल भात तरकारी राख्नुको कारण पनि बताए । उनले हरेक नेपाली बाँच्नका लागी दाल भात तरकारीको आवश्यकता पर्ने र सबैलाई यो चिज मनपनि पर्ने भएकोले यहि नाम राख्नु उचित मानेको बताए ।

चलचित्र किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् । उनको यो पहिलो डेब्यु चलचित्र हुनेछ । उनले यो भन्दा अघि केहि नेपाली चलचित्र र दुई हलिउड चलचित्रमा सहनिर्देशकको भूमिकामा काम गरिसकेका छन् । आउँदो मंसिरको पहिलो साताबाट छायांकनमा निस्कने यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बसुन्धारा भुषाल, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । स्क्रिन प्ले र डाइलग पनि उनकै रहनेछ । गीतमा शब्द हरिवंशकै रहनेछ भने संगीत शम्भुजित बाँस्कोटाले दिनेछन् । चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । दिर्घ गुरुङले खिच्ने यो चलचित्र मित्र डि गुरुङलृ सम्पादन गर्नेछन् ।