आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि भदौ १ अर्थात गएको शुक्रबारबाट प्रदर्शनमा आएका चार चलचित्र मध्येको एक ‘जय शम्भु’को शुक्रबार राजधानीको कुमारी हलमा प्रेस शो गरियो । केहि सञ्चारकर्मिका साथ अन्य केहि चलचित्रकर्मिहरुको पनि उपस्थिती थियो । जहाँ निर्देशक मिलन चाम्सले पनि हलमा बसेर पुरा चलचित्र हेरेका थिए । रुपेश तामाङको निर्देशनमा बनेको यो चलचित्रमा अनुप बिक्रम शाही, बर्षा सिवाकोटी, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।

मिलनले ‘जय शम्भु’कि नायिका बर्षा सिवाकोटी र नायक अनुप बिक्रम शाहीसँग केहि चलचित्रमा काम गरिसकेका छन् । त्यसैले पनि चलचित्रको शोको निमन्त्रणा अस्विकार गरेनन् । चलचित्रको बिषयमा ‘क्लियर’बोल्ने निर्देशकको रुपमा चिनिएका मिलनसँग आर्टिष्ट खबरले चलचित्रको प्रतिक्रिया लिने कोसिस गर्यो । मिलनले सकेसम्म बोल्न नपरे हुन्थ्यो भनिरहेका थिए । केहिबेरको आग्रहपछि उनी राजि भए ।

आर्टिष्ट खबरले निर्देशन मिलन चाम्ससँग गरेका दुई प्रश्न र उनका उत्तरः

‘जय शम्भु’ हेर्नुभयो, कस्तो लाग्यो ?

चलचित्र पुरा हेरेँ, दर्शकको नजरबाट एक एक्शन मुभि हो, सबैका लागी त भन्दिन एक्शन हेर्न चाहानेका लागी राम्रो छ, कथाबस्तु पुरानो हो, आजभन्दा करिब १० बर्ष अघि यस्ताप्रकारको चलचित्र हेर्न पाइन्थ्यो, धेरैपछि हेर्न पाइयो । मुलतः एक्शन राम्रो छ ।

तपाई एक राम्रो मेकर पनि हुनुहुन्छ, मेकरको हिसाबले प्रतिक्रिया दिँदा चाँही ?

मैले कुनैपनि चलचित्रलाई नराम्रो छ भन्नु हुँदैन, उहाँहरुले आफ्नो हिसाबले राम्रो बनाउनु भएको हुन्छ, मलाई राम्रो नराम्रो भन्ने हक छैन, मेरा लागी सम्पुर्ण चलचित्रहरु मेकरको हिसाबले राम्रो हो ।