आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

गएको शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए । चलेका चार चलचित्र मध्य ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी रहेको छ । चलचित्र हेरेका दर्शकले पनि चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । चलचित्रको ब्यापार र दर्शकबाट पाएको प्रतिक्रियाबाट निर्माण युनिट पनि सन्तुष्ट देखिन्छन्। चलचित्रले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाकै कारण हिजोबाट उपत्यका बाहिर ‘मिस्टर भर्जिन’ ले थप २३ हल पाएको छ। यस्तै, काठमाडौंका मल्टिप्लेक्सहरूमा पनि चलचित्रका शोहरू थपिएका छन्। निर्देशक विशारद बस्नेतले दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेकै कारण हलहरू बढेको र आगामी दिनमा दर्शकको साथ रहने अपेक्षा गरे।

चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सिर्जना सुब्बालगायतको मुख्य भूमिका रहेको छ। खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस चलचित्रमा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्। रामेश्वर कार्कीले खिचेको चलचित्रलाई मिलन काप्रीले सम्पादन गरेका छन्।

वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसनको ब्यानरमा निर्माण भएको यस चलचित्रले केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानलाई प्रस्तुत गरेको छ।