आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपालमा नृत्य सिक्ने चाहानेहरुका लागी भाइब इन्टरनेसनल डान्स स्कुलले अमेरिकन नृत्य प्रशिक्षक नेपाल ल्याएको छ । नयाँ बजारमा रहेको उक्त डान्स स्कुलले बुधबार पत्रकार सम्मेलन गर्दै डान्स वर्क शप गराउने बारे जानकारी गराएको हो ।

प्रशिक्षणका लागी अमेरिकाबाट नृत्य प्रशिक्षक ब्रिटिनि अगुइलर नेपाल आएकी छिन् । नेपालमा ८ दिन सम्म चल्ने उक्त वर्कशपमा अन्य दुइ जना बिदेशी प्रशिक्षकको पनि सहभागिता रहने डान्स स्कुलका संचालक इजिकेल परियारले बताए । आठ बर्ष देखि डान्स फिल्डमा नै काम गर्दै आईरहेका परियारले भने । ‘आफ्नो स्कुलका बिद्यार्थीहरुको क्षमता बृद्धी गर्ने र उनिहरुलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्धेश्यका साथ बिदेशी प्रशिक्षकलाई ल्याएका हौं’ यहि वर्कशपको लागि अन्य दुइ जना बिदेशी प्रशिक्षक पनि आउने क्रममा रहेका छन् । कार्यक्रममा बक्सिङ्ग खेलका कोच ओम मास्केको पनि उपस्थिति रहेको थियो ।