प्रकाशको ‘ढाडे बिरालो’ र मिलनको ‘फेवाताल’मा थामिएनन् कुबेतका राजदुत

...

prakash kubet program 1असोज २३, काठमाडौं । लालीगुराँस साँस्कृतिक परिवार नेपाल, कुवेतद्धारा आयोजित दसैं बिशेष कार्यक्रम कुबेतमा सम्पन्न भएको छ । नेपालबाट अतिथिकलाकारको रुपमा कुबेत पुगका गायक मिलन लामा र प्रकाश कटुवालको प्रस्तुतीको साथमा कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।

लोक गायक डीबी लोप्चनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव प्रेम कटुवालको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

milan lama in kubetकलाकार मिलन लामा र प्रकाश कटुवाललाई पञ्चेबाजाका साथमा स्वागत गरीएको थियो । कार्यक्रममा पहिलो प्रस्तुतीका रुपमा मिलन लामाले आफ्नो चर्चित गितहरु बाट उपस्थित दर्शकलाई नचाएका थिए । जाम क्यारे जाम क्यारे यसपाली त नेपाल जाम क्यारे, पोखरा फेवाताल जस्ता गितबाट मिलनले उपस्थित दर्शकलाई धेरै बेर नचाएका थिए ।

prakash katuwal in kubetत्यसैगरी गायक प्रकाश कटुवालले यो रक्सिको गन्ध, ढाडे बिरालो, सिरानी टाङ्मुनि लगायतका गित गाएर उपस्थित दर्शकलाई मनारेञ्जन दिएका थिए । गायकहरुले गित गाईरहँदा कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालले मन थाम्न सकेनन् र मज्जैले नाँचेका थिए ।

साथमा स्थानीय कलाकारमा गायिका इन्दिरा सहि ठकुरी , प्रेम कटुवालले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

prakash kubet program