भदौ, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरु प्रचारप्रसारमा निकै ध्यान दिन थालेका छन् । प्रचारको राम्रो प्रभाव भयो भने दर्शकहलसम्म पुग्छन् भन्ने बुझेका पछिल्लो समय निर्माण भएका चलचित्रका निर्माता तथा निर्देशकहरुले देशब्यापी कन्सर्ट, कभर प्रतियोगीता लगायतका योजना ल्याउने गरेका छन् । यसैबिच सोमबार गाईजात्राको अवसरमा नयाँ बानेश्वरमा आयोजना भएको गाईजात्रा बिशेष कार्यक्रममा पनि केहि चलचित्रका निर्माण युनिट तथा कलाकारले चलचित्र प्रचार गरे ।

बिशेषगरी हाँस्य कलाकारहरुले देशको समसामायिक कुराहरुलाई ब्यंग्यात्मक शैलीमा प्रस्तुती दिने भनेर आयोजना गरिएको गाईजात्रा कार्यक्रममा आ–आफ्नो चलचित्र प्रमोशन गर्न भ्याईनभ्याई थियो । बिशेषगरी हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो चलचित्र ‘छक्का पञ्जा ३’को प्रमोशन मज्जैले गरे ।

बिगतका बर्षमा पनि १५ दिनसम्म चल्ने गाईजात्रा प्रहशनमा आफ्नो चलचित्रको प्रमोशन गर्दै आएका दीपकले बानेश्वरको गाईजात्रा कार्यक्रममा पनि अन्य हाँस्यब्यंग्य प्रस्तुती भन्दा चलचित्रको प्रमोशन बढी गरिरहेका थिए । दीपक र दीपा एकसाथ स्टेजमा चढेका थिए । केहिबेर ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बर’मा बोलको गीतमा नृत्य गरेका थिए । दीपाले दर्शकलाई ‘पहिलो नम्बर’मागीतको म्युज ८० लाख पुगिसक्यो भन्दै जानकारी समेत दिइन् । यस्तै उनले गाईजात्रा सँगै जोडिएको छक्का पञ्जा ३ भन्दै गीतमा नाँचेकी थिइन् ।

यस्तै यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रामकहानी’का दुई मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ पनि फिल्म प्रचारकै लागी स्टेजमा चढे । राजाराजेन्द्र पोखरेलले सञ्चालन गरेको कार्यक्रममा जितु नेपाल र केदार घिमिरेलाई केहिबेर बोल्न दिएसँगै पूजालाई स्टेजमा चढाएका थिए । केहिबेरमा आकाश स्टेज चढे र दुबैजना चलचित्रको ‘तिम्रो लागी म छु’बोलको गीतमा नृत्य गरेका थिए । कार्यक्रममा अन्य केहि हाँस्यकलाकारहरुले प्रस्तुती दिएका थिए । समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।