एउटै भिडियोमा पल, पुष्प र निराजन

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

म्युजीक भिडियोको क्षेत्रमा हिट मानिने पल शाह, पुष्प खड्का र निराजन प्रधान एकै भिडियोमा देखिएका छन् । यी तीन कलाकार एकअर्कामा प्रतिस्पर्धि मानिन्थ्यो तर तीनैजना एकै म्युजीक भिडियोमा काम गरेका छन् । उनीहरुसँग नायिका दीपिका प्रसाई देखिएकी छिन् ।

अम्बिका गुरुङकको शब्द तथा सुमन केसीको स्वरमा ‘आदत २’ बोलको नयाँ भिडियोमा उनीहरु एकसाथ देखिएका हुन् । शान थापाको निर्देशनमा बनेको गीतको भिडियोमा शंकर थापा स्माइलको संगीत रहेको छ । भिडियोलाई अर्जुन तिवारी र बुद्ध थापाले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली भिडियो सम्पादक हुन् ।

भिडियोमा देखिएका दुई ‘प’ अर्थात पल शाह र पुष्प खड्का चलचित्रमा डेब्यु गरिसकेका छन् । उनीहरुले काम गरेका चलचित्र सफल पनि भएका छन् ।  पल अभिनित पछिल्लो चलचित्र ‘शत्रुग’ते सफल नै भयो । यस्तै पुष्पले अभिनय गरेको ‘दर्पणछायाँ २’ले सोचेजस्तो ब्यापार गर्न नसकेपछि दोश्रो चलचित्र ‘मंगलम’ले उनलाई उचाईमा ल्याइदियो । उनी अहिले ‘दाल भात तरकारी’चलचित्रमा अनुबन्धित भएका छन् । मोडल निराजन भने चलचित्रमा देखिएका छैनन् । उनीपनि चलचित्रमा डेब्यु गर्ने सोचमा छन् ।