आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनी रेडियो नेपालका पहिलो गायक थिए । उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाको भनाई अनुसार रिमालले आफ्नो निधनपछि कुनै पनि तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने बताएका छन् ।

उनको पारिवारिक श्रोतले बताए अनुसार बिहिबार राति १ बजेर करीब ७ मिनेट जाँदा उनले संसार छाडेका हुन् । विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज अर्थात शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिएको छ ।