आँखा झिम्क्याएर चर्चा कमाएकी प्रिया प्रकाशबिरुद्द मुद्दा खारेज , प्रधानन्यायाधीश मिश्रको यस्तो आक्रोस

...

<pre style="text-align: justify; line-height: 1.42857;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span></pre><p style="text-align: justify; ">बलिउड चलचित्र&nbsp; ‘ओरु अदार लभ’को गीत ‘मानिक्य मलाराया पूवी’मा आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाश विरुद्ध धार्मिक भावनामा ठेस पुर्याएको भन्दै मुस्लिम समुदायका युवाले दायर गरेको मुद्दालाई प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय ए एम खानविलकर र डी वाई चन्द्रचूडको संयुक्त इजलासले शुक्रबार खारेज गरेको छ।&nbsp;</p><p style="text-align: justify; ">प्रिया प्रकाश&nbsp; ‘मानिक्य मलाराया पूवी’ गीतको म्युजिक भिडियोमा आँखा झिम्क्याएर निकै चर्चामा आईन् । जुन भिडियोमा उनले आफ्नो प्रेमीलाई प्रभावित पार्न खोजेको दृश्य देख्न सकिन्छ ।&nbsp; उक्त भिडियो निकै भाइरल भएको थियो । मुस्लिम युवाको समूहले भिडियो भाइरल भएपछि आपत्ति जनाउँदै १८ वर्षीया प्रियाविरुद्ध हैदराबादमा उजुरी दर्ता गरेका थिए । उक्त उजुरीविरुद्ध प्रिया सर्वोच्च अदालत गएकी थिइन्। सर्वोच्चले मुद्दा खारेज गर्दै उनलाई न्याय दिएको हो।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">सो मुद्दा खारेज गर्दै&nbsp; प्रधानन्यायाधीश मिश्रले अधिवक्ताहरुलाई सचेत गराए । उनले भने तपाईहरुसँग अरु कुनै काम छैन ?&nbsp; ‘कसैले गीत गायो भन्दैमा, आँखा झिम्क्यायो भन्दैमा तपाईहरु उजुरी गर्न आउने ?&nbsp; मिश्रको&nbsp;आक्रोश&nbsp; भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरे । चलचित्र ‘ओरु अदार लभ’ प्रदर्शनको पखाईमा रहेको छ ।&nbsp;</p>