आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

विगत दुई वर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजि सिने सर्कल अवार्ड यस वर्ष यहि भाद्र ३१ गते काठमाडौँ महानगरपालिका स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो । अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद श्री शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा र गत बर्ष २०७४ साल श्रावन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ बर्षको महोत्सव मनाउँदै सम्पन्न भएको कार्यक्रमको दुवै वर्षमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्युको प्रमुख आतिथ्यतामा प्राविधिकहरूलाई विशेष सम्मान गर्दै सम्पन्न भएको थियो । एउटा स्तरीय पुरस्कारको स्थापना र निरन्तरताको लागि प्राविधिकहरुलाई सम्मान गर्दै कार्यक्रमको पहिलो वर्षमा लाइफटाइम अचिभमेन्ट अवार्ड २५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका तथा २०३८ साल देखि लगातार अभिनय तथा कला संयोजन गर्दै आएका उद्धव भट्टराई (जुङ्गे)लाई नगद रु ५१०००।– सहित प्रदान गरिएको थियो भने अवार्डको दोश्रो बर्ष नेपाली २५० भन्दा बढि चलचित्रमा द्धन्द निर्देशकको रुपमा निरन्तर योगदान पुर्याउनु भएका निर्देशक एन वि महर्जनलाई नगद ५१ हजार सहित प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।सिनेमा सर्कल नेपालले यस बर्ष पनि चलचित्रकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो बर्ष पनि केहि फरक ढंगले २०७४ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएका ६३ नेपाली कथानक चलचित्रहरु बाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने छ भने यो बर्ष लाईफ टाईम अचिभमेन्ट अवार्ड नेपाली चलचित्रमा लामो समय चलचित्र निर्देशनमा योगदान पुर्याउनु भएका राँको, करोडपति, सिमारेखा, घामछाँयाँ, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता दर्जनौ चलचित्र लगायत भारतिय र भोजपुरी चलचित्र समेत निर्देशन गर्नुभएका बरिष्ठ नेपाली चलचित्र निर्देशक श्री किशोर रानालाई नगद रु ५१ हजार सहित सम्मान गरिने छ ।

दिनेश डिसी अध्यक्ष सिनेमा सर्कल नेपाल एलजि सिने सर्कल अवार्ड २०७५ का विधाहरु :

१. बर्षको उत्कृष्ट चलचित्र २. बर्षको उत्कृष्ट निर्देशक ३. बर्षको उत्कृष्ट नायक ४. बर्षको उत्कृष्ट नायिका ६. बर्षको उत्कृष्ट संगीतकार ७. बर्षको उत्कृष्ट अनस्कृन जोडी ८. बर्षको उत्कृष्ट कोरियोग्राफर ९.बर्षको उत्कृष्ट एक्सन निर्देशक १०. बर्षको उत्कृष्ट पाश्र्व गायिका ११. बर्षको उत्कृष्ट पाश्र्व गायक १२. बर्षको उत्कृष्ट पटकथा १३. बर्षको उत्कृष्ट पाश्र्व संगीत १४. बर्षको उत्कृष्ट सम्पादक १५. बर्षको सर्वाधिक चर्चित अभिनेत्री १६. बर्षको सर्वाधिक चर्चित अभिनेता १७. बर्षको उत्कृष्ट कमेन्डेबल मुभि १८. बर्षको उत्कृष्ट भीएफएक्स १९. बर्षको उत्कृष्ट स्टन्ट २०. बर्षको सर्वाधिक चर्चित गीत २१.. बर्षको उत्कृष्ट ट्रेलर २२..बर्षको उत्कृष्ट पोष्टर

एलजि सिने सर्कल अवार्ड २०७४ का विजेताहरु यस प्रकार रहेका थिए :

१. उत्कृष्ट फिल्म : जात्रा २. उत्कृष्ट निर्देशक : प्रदिप भट्टराई (जात्रा) ३. उत्कृष्ट नायक : विपिन कार्की (जात्रा) ४. उत्कृष्ट नायिका : बर्षा राउत (जात्रा) ५.उत्कृष्ट छायाँकार : दिर्घ गुरुगं (जात्रा) ६. उत्कृष्ट संगीतकार : कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा) ७. उत्कृष्ट जोडी : माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा) ८.उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पन्जा) ९. उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी (के म तिम्रो होइन र) १०. उत्कृष्ट पाश्र्व गायिका : मिना निरौला (ठमेल बजार, लुट २) ११. उत्कृष्ट पाश्र्व गायक : युवराज चौलागाईं (पलाँस) १२. उत्कृष्ट पटकथा : प्रदिप भट्टराई (जात्रा) १३. उत्कृष्ट पाश्र्व संगीत : शैलेस श्रेष्ठ (गाजलु) १४. उत्कृष्ट सम्पादक : अर्जुन जीसी (विर विक्रम) १५. उत्कृष्ट पपुलर अभिनेत्री प्रियंका कार्की (छक्का पन्जा) १६. उत्कृष्ट पपुलर अभिनेता : दीपकराज गिरी (छक्का पन्जा) १७. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयर : विजुली मेसिन (नविन अवाल) १८. सर्वा्धिक ग्रसर फिल्म डिरेक्टर अफ द इयर : दीपाश्री निरौला (छक्का पन्जा) १९. उत्कृष्ट भीएफएक्स अफ द इयर : सत्यम राना र सुदिप आचाय (जय पर्शुराम) २०. उत्कृष्ट पपुलर सङ अफ द इयर : कालिप्रसाद बाँस्कोटा, ठमेल बजार (लुट २) २१. उत्कृष्ट स्टन्ट अफ द इयर : राजु तामाङ (जय पर्शुराम) २२. उत्कष्ट ट्रेलर अफ द इयर : सुरेन्द्र पौडेल (लुट २) २३. उत्कृष्ट पोष्टर अफ द इयर : सुन्दर श्रेष्ठ (छक्का पन्जा) एलजि सिने सर्कल अवार्ड २०७३ का विजेताहरु उत्कृष्ट पोस्टर सुन्दर श्रेष्ठ (वडा नं ६) उत्कृष्ट ट्रेलर : शाहिल खान (भैरव) उत्कृष्ट स्टन्ट: सिन्पसन तामाङ (भैरव) उत्कृष्ट भिएफएक्स : अक्कि शर्मा र शत्यम राना (च्याम्पियन) उत्कृष्ट अनस्क्रिन जोडी : पुजा शर्मा र प्रदिप खड्का (प्रेमगीत) उत्कृष्ट कलरिष्ट : अनन्त घिमिरे (क्लासिक) चर्चित कलाकार महिला : रेखा थापा चर्चित कलाकार पुरुष : अनमोल केसी (ड्रिम्स) :उत्कृष्ट स्क्रिनप्ले : खगिन्द्र लामिछाने (पशुपति प्रसाद) उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (क्लासिक) चर्चित गीत : सुर्के थैली खै (वडा नं ६) उत्कृष्ट पार्श्व संगीत : एलिस कार्की (प्रेमगीत) उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान र संजय लामा (ड्रिम्स) उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी (भैरव) उत्कृष्ट संगीत निर्देशक : अर्जुन पोखरेल (प्रेमगीत) उत्कृष्ट नृत्य निर्देशक : रेनेशा राई (प्रेमगीत) उत्कृष्ट नायक : दयाहाङ राई (कबड्डी कबड्डी) उत्कृष्ट नायिका : नम्रता श्रेष्ठ (क्लासिक) उत्कृष्ट निर्देशक : दीपेन्द्र खनाल (पशुपती प्रसाद) रहेका थिए l