आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘चौका दाउ’ को एउटा गीत रामप्यारी सार्वजनिक गरिएको छ । क्यूस सिनेमामा एक कार्यक्रमको आयोजना गरी चलचित्र चौका दाउको रामप्यारी गीतलाई सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा उक्त गीतलाई सार्वजनिक गरिएको हो । रामप्यारी बोलको गीतलाई दयाराम पाण्डेले लेखेका हुन् भने शम्भूजित बास्कोटाको संगीत रहेको छ । गीतमा शम्भूजिक बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउलाई पूणेन्द्रू झा ले निर्देशन गरेका छन् भने चलचित्रको परिकल्पना तथा संगीत शम्भूजित बास्कोटाको रहेको छ । चलचित्रका निर्माता सौर्यजित बास्कोटा रहेको छन् भने साथमा मनोज राजभण्डारीको निर्माणमा सहयोग रहेको छ । यस चलचित्रको सहनिर्मातामा पंकज बास्कोटा रहेका छन् । चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफ रहेको छ । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको गीत रचना रहेको यस चलचित्रमा शम्भूजित बास्कोटाको संगीत रहेको छ । यस चलचित्रमा शम्भूजित बास्कोटा, कोमल राजभण्डारी, सुमन गुरुङको स्वर रहेको छ ।

चलचित्रमा मुख्य आकर्षक सन्तोष पन्त र तैयव शाह रहेका छन् । वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका के.सी., विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको छ ।

चलचित्र आगामी कार्तिक ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रोडक्सन मेनेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको रहेको यस चलचित्रमा चन्द्र भण्डारीले एसोसिएस्ट डाइरेक्टर गरेका छन् । चलचित्रलाई वि.के. फिल्म्स्ले बितरण गरेको छ ।

(भिडियो)