‘मिष्टर एण्ड मिस राजधानी’ देशको सबै प्रदेशमा आयोजना हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

काठमाडौमा निकै लामो समयदेखि नियमित आयोजना हुँदै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस राजधानी’ अब देशको सबै प्रदेशमा पनि आयोजना हुने भएको छ । आयोजक संस्था एक्पोज नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै ‘मिष्टर एण्ड मिस राजधानी’ अबदेखि  प्रदेशमा समेत आयोजना हुने जानकारी गराएको हो ।

प्रदेशमा पुर्याइएसँगै प्रदेश नम्बर २ मा प्रतियोगीता आयोजना समेत गरिएको छ । हालै वीरगञ्जमा आयोजित प्रदेश २ स्तरीय प्रतियोगितामा वीरगञ्जकी स्वेता जोशी मिस तथा बारा जीतपुरका सागर साहले मिस्टर  राजधानी तर्फको उपाधि बिजेता बने ।

नेसेन्ट इभेटन्श एण्ड म्यानेजमेन्ट आयोजक र वीरगञ्जको नगरसभा गृहमा सम्पन्न प्रतियोगीतामा उपाधि विजेता दुबैले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे ।यसैगरी फष्ट रनरअपको उपाधि स्नेहा गुप्ता र सुलभ चौधरीले हात पारे । करण बिश्वकर्मा र सालिनी रौनीयार सेकेन्ड रनरअप घोषित भए । बेस्ट फोटो जेनिकमा महिला तर्फ सालिनी रौनीयार, पुरुषतर्फ राज ठाकुर भएका छन् भने बेस्ट फिजिकल टाइटलमा महिलातर्फ स्वेता जोशी, पुरुष तर्फ रकी झाले प्राप्त गरे।

युवायुवतीको ब्यक्तित्व निखार्दे तिनिहरुको क्षमता अभिबृती गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सन्दीपकुमार पण्डितले बताए । आयोजक संस्थाका सिइयो रौनक गुप्ताले मिष्टर एण्ड मिस राजधानी प्रदेश नम्बर २ का लागि आफुलाई आयोजना गर्न दिएकोमा एक्सपोज नेपाल प्रति आभार ब्यक्त गरे ।

देशभर छरिएर रहेका युवायुवती जो आफ्नो प्रतिभा प्रदर्शन गरेर अगाडि बढ्न चाहन्छन् । तिनलाई अवसर प्रधान गर्ने उदेश्यले प्रतियोगीता प्रदेश स्तरमा पुर्याइएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले बताइन् । प्रतियोगीतामा मिस नेपाल सहभागी सिर्जना रेग्मी, उरिसा जोशी, मदन दवादी, जैग सिंह र भेषराज खत्रि निर्णायक र