पल शाह अवार्ड लिन अस्ट्रेलिया उडे

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक पल शाह बुधबार अस्ट्रेलियाका लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडेका छन् । आउँदो शनिबार (८ सेप्टेम्बर)मा हुने ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’मा सामेल हुनका लागी उनी बुधबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका हुन् । उनीसँगै लोक गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले लगायतका कलाकारसँगै उडान भएको हो । एअरपोर्टमा पललाई छोड्नका लागी उनकी आमा र बहिनी पुगेका थिए ।

राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डको उत्कृष्ट मोडलको मनोनयनमा परेका थिए । त्यसै अनुरुप उत्कृष्ट मोडलको अवार्ड थाप्न अस्ट्रेलिया हिडेका हुन् । मनोनयमा परेर अस्ट्रेलियाकै लागी हिड्नुभएछ अवार्ड तपाईकै हातमा त होलानी भन्ने सञ्चारकर्मिको प्रश्नमा पलले हाँस्दै ‘त्यस्तै भन्नु पर्यो’ भनेका थिए । कार्यक्रममा राधिका हमाल, कृष्ण रेउले लगायतका कलाकारको आफूहरुको प्रस्तुती पनि रहने बताए । तर पलले भने आफ्नो प्रस्तुती नहुने बताए । ‘मैले कुनैपनि अवार्ड समारोहमा आफूले प्रस्तुती दिने गरेको छैन, त्यसैले यो कार्यक्रममा पनि प्रस्तुती भने हुनेछैन’ पलले भने ।  अवार्ड समारोह रक्डेल एनएसडब्लुस्थित इन्द्रेणी फङसन सेन्टरमा हुने बताइएको छ ।

video: