सम्पादनमा अनुप–बर्षाको ‘पुरानो बुलेट’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक अनुप बिक्रम शाही र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को सम्पादनको काम भइरहेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भएको यो चलचित्र सम्पादन अर्जुन जिसी र सन्देस साहले गरिरहेका छन् ।  चलचित्र गत असार १६ गतेदेखि साउन २४ गतेसम्म छायांकन गरिएको थियो । कालिकास्थानमा अवस्थित फिल्म मोसन नेपालमा सम्पादनको कार्य भइरहेको निर्माता अशोक कुमार राईले जानकारी दिए ।

काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जे लगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप, वर्षा र मालाको साथमा चर्चित व्याण्ड एक्स व्याण्डका भोकलिष्ट शिव मुखिया, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ, मात्रिका पौडेल, करण धिताल लगायतकोपनि अभिनय रहेको छ ।

चलचित्रको सम्पादन कक्षमा भेटिकाएका यसै चलचित्रबाट डेब्यु निर्देशक भीषण राईले भने ‘यो चलचित्र पूर्वेली कथामा आधारित रहेर निर्माण गरिएको लभ स्टोरी र फेमीली ड्रामा हो, अहिले सम्पादनको काम भइरहेको छ, हामीले गरेको मेहनतले दर्शकहरुको मन जित्न सक्छौं भन्ने लागेको छ, निर्देशक भिषणले बताए ।  चलचित्रको कथा कार्यकारी निर्माता सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै चलचित्रका निर्माताहरु विरेन साम्बा लिम्बु, टिकाराम राई र दिपेन लिम्बु रहेका छन् । हरि घले लामाले खिचेको यस चलचित्रको चाँडै नै गीत, टिजर, ट्रेलर युट्युव मार्फत् सार्वजानिक गरी प्रदर्शन मितिपनि तोकिने निर्माण पक्षले जनाएको छ ।