मुम्बई (एजेन्सी) ।

आउँदो नोभेम्बरमा बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंह बिवाह बन्धनमा बाँधिने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई बिवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।

दिपिका हाल एक कार्यक्रममा पुग्दा उनलाई एक पत्रकारले बिवाहको बारेमा प्रश्न गर्दा दिपिका रिसले चुर बनिन् । ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ? ’ पत्रकारले प्रश्न गरे ‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन ?’ उक्त प्रश्नको जवाफ दिपिकाले दिइन् । उनले थपिन् ‘तपाईहरु हरेक संवेदनशील मुद्दामा छलफल भइरहेको बेला बिहेको कुरा नघुँसाउनुु ।’

त्यो कार्यक्रममा उनी खासमा आफ्नो डिप्रेसन सम्बन्धी अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनले बताइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा बिचमै पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । सो कारण उनी रिसले चुर बन्न पुगिन् ।

दिपिकाले हाल मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । डिप्रेसनबाट बाहिर निस्केपछि दिपिकाले लाइफ, लिभ, लाफ नामक एनजीओ खोलेकी हुन् ।