यसबर्षको तीजमा करिश्माले गरिन् ६० भिडियोमा नृत्य

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएकी र चर्चामा रहेको मोडल हुन् करिश्मा ढकाल । पाँचबर्ष अघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी करिश्मा पछिल्लो दुईबर्ष यता म्युजीक भिडियोको मोडलिङमा अत्यन्तै ब्यस्त छिन् । अहिलेसम्म पाँचसय बढी म्युजीक भिडियोमा नृत्य गरिसकेकी करिश्माले यो बर्षको तीजको लागी मात्र बनेका ६० वटा म्युजीक भिडियोमा नृत्य गरिसकेकी छिन् । करिश्माका रुने भन्दा नाँच्ने भिडियो दर्शकले बढी रुचाएको पाइन्छ । तीजमा बिशेष गरी नचाउँने (फास्ट बिट) गीत बढी बन्छन्, त्यसैले पनि यो बर्षको तीजमा करिश्मा धेरेको रोजाइमा परिन् ।

करिश्माले यसबर्षको तीज गीतमा बनेका सयौं गीत मध्ये आफूले धेरैमा नृत्य गर्न पाएकोमा खुसी लागेको बताइन् । ‘मैले मात्र यो तीजमा धेरै भिडियोमा नाचेको होइन अन्य केहि सहकर्मि साथीहरु पनि हुनुहुन्छ, उहाँहरुले पनि धेरै भिडियोमा नृत्य गर्नु भएको छ’ करिश्माले हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । उनले आफूले रुन भन्दा नाँच्न बढी आउने भएकाले नै धेरै निर्माताले आफूलाई रोजेको स्विकार्छिन् । ‘नँचाउने भिडियो बढी बन्छन्, यदि म नाँच्न नजान्ने भएको भए सायह यतिधेरै भिडियोमा अफर आउदैनथ्यो होला’ करिश्माले भन्छिन्, ‘शुरुवात देखी नै नाँच्ने भिडियो बढी गरियो, अहिले रुने भिडियो गरियो भने दर्शकबाट यस्तो भिडियोमा तपाइलाई सुहाउँदैन भन्ने प्रतिक्रिया आउँछ ।’

यो बर्षको पहिलो तीज गीत स्मृति तिमिल्सिनाको निर्देशन माइतीको आँगन बोलको गीतबाट शुरु भएर ६० औं भिडियोमा आइपुग्दा शिव हमालको लय तथा शब्द र बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा नृत्य गरेको करिश्माले बताइन् । उनले गतबर्षको तीजमा पनि ४७ भिडियोमा नृत्य गरेकी थिइन् ।