गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

तीज पर्वमा अत्यधिक गीत गाउनेमा लोक गायक पशुपति शर्मा र खुमन अधिकारी पर्छन् । उनीहरुले बर्षेनी दर्जन बढी गीत गाएकै हुन्छन् । पछिल्लो समय तीज गीतमा पुरुष र महिला दुबैको स्वर हुने गरेको छ । त्यस्ता दोहोरी गीतमा अधिंकाशमा पशुपति अथवा खुमनको स्वर भएकै पाइन्छ । गायक पशुपति शर्माले आफ्नै लय तथा शब्दका गीत मात्र गाउने गर्दछन् भने खुमन अधिकारीले अन्यले लय तथा शब्द भरेका गीतमा पनि स्वर दिने गर्दछन् ।

यस्तै गायक पशुपति शर्माले तीजमा पुरुषको भूमिका अनिवार्य भएको बताउँछन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यायल सामाुखसीमा हिमालय टाइम्ससँगको भेटमा पशुपतिले तीजपर्व र पुरुषको भूमिकाबिषयमा केहिबेर बोले । धेरैबाट आफूलाई तीजमा पुरुषले रत्यौली गीत गाए भन्ने आरोप पनि लागेको सुनाए । ‘मैले तीजपर्व पुरुषको हो भन्न खोजेको होइन, तीज महिला दिदिबहिनीहरुकै हो, तर यो पर्वमा पुरुषहरुको भुमिका कहिँन कहिँ अनिवार्य देखिन्छ,’ पशुपतिले तीजपर्व पुरुषको नभएपनि भूमिका भने पुरुषको रहने बताए । ‘महिला दिदिबहिनीहरुले पुरुषकै लागी बर्त बस्नुहुन्छ, बिभिन्न मन्दिरमा शिव जीकै पुजा गर्नुहुन्छ, त्यसैले तीजपर्व पुरुषको अहम् भूमिका सहितको महिलाको जाड हो भन्छु’ पशुपतिले भने ।

पशुपतिले तीजमा पुरुषले गीत गाउनै नहुने भन्नु गलत भएको बताउँछन् । कतिले महिलाको चाडमा महिलाले मात्र गीत गाउनुपर्छ भन्ने गरेकोमा उनले आपत्ति जनाए । ‘चाड महिला दिदिबहिनीहरुको हो तर पुरुषले गीत गाउन नमिल्ने भन्ने हुँदैन, तीज पर्वकै बिषयमा पुरुषले गीत गाएका छौं’ पशुपतिले भने । गतबर्ष १३ वटा तीज गीत गाएका उनले योबर्ष पाँच वटा मात्र तीज गीत गाए । जस्तो पायो त्यस्ता धेरै गीत गाउनुभन्दा थोरै तर राम्रा गीत गाएको उनको भनाई थियो । उनले यो बर्षको तीजमा मात्र आफूलाई ४२ वटा गीत गाउन अफर आएको बताउँछन् । ‘४२ जनाले मलाई तीज गीतका लागी अफर गर्नुभएको थियो, सबैबाट छानेर जम्मा पाँच गीत गरेको छु, थोरै गर्छु जती गर्छु त्यसलाई राम्रो बनाउनु भन्ने लाग्यो’ उनले भने । योबर्ष गायिका देवी घर्ति, कोमल वली, सम्झना भण्डारी, पुर्णकलाबिसी, जुना सिरिससँग मात्र गीत गाएका छन् । अरुको गीत नगाउने पशुपतिले सबैगीतमा लय, शब्द भरेका छन् ।