‘इन्टु मिन्टु लण्डनमा’ पोष्टरः धिरजको प्रेममा साम्राज्ञी

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो असोज ५ गतेबाट प्रतिक्षित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउँदैछ । यो चलचित्रको गीत, प्रोमो लगायतका सामाग्री एकपछि अर्को गर्दै सार्वजनिक भएसँगै चर्चामा छन् । यसका साथै चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको छ । एक पोष्टरमा चलचित्रका मुख्य नायक धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह फिचर्ड छन् । पोष्टरमा यी दुई प्रेममा डुबेका छन् । यस्तै अर्को पोष्टरमा चलचित्रका साम्राज्ञी र धिरजसँगै सात कलाकार फिचर्ड छन् । पोष्तरमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणा फिचर्ड छन् ।

आई कोर फिल्मस्को व्यानरमा बनेको यो चलचित्र कोरियोग्राफर रिनाशा वान्तवा राईले पहिलो पटक निर्देशन गरेकी हुन् । चलचित्र प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । चलचित्रका नायक धिरज र नायिका साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । लण्डनमा बस्दै आएका धिरजका फ्यान निकै छन् । उनी चलचित्रमा आउनुपूर्व नै युट्युवमा हिट थिए भने नायिका साम्राज्ञीका सबै चलचित्र हिट छन् । यसअर्थमा पनि यो चलचित्रलाई प्रतिक्षित मानिएको छ ।