गोविन्दालाई नेपाली फिल्म खेल्ने इच्छा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् । आइतबार दिउँसो आयोजना हुने ‘एलजी सिने सर्कल अवार्ड २०१८’मा बिशेष अतिथिको रुपमा सहभागी हुन शनिबारनै नेपाल आइपुगेका हुन् । उनीसँग छोरी टिना अहुजा पनि आएकी छिन् ।

गोविन्दाकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी भएकाले उनलाई नेपालको ‘ज्वाइँ’ भन्ने गरिन्छ । त्यसैले पनि शनिबार बिमानस्थलमा पत्रकारहरुसँग केहिबेर यसैबिषयमा रमाइलो भयो । सुनिता अस्वस्थताका कारण नेपाल आउन नपाएको गोविन्दाले बताए । उनले नेपाल आफूलाई निकै मनपर्ने बताए । ‘नेपाल साहस र प्रेमको धर्ती हो, मलाई निकै मनपर्छ’ गोविन्दाले भने । गोविन्दाले आफूले जीवनमा पाएको सफलताको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिने बताए । गोविन्दालाई पत्रकारले नेपाली बोल्न आग्रह गर्दा उनले भने– ‘अली अली आउँछ । कस्तो छ ?’ यस्तै उनले आफूलाई नेपाली बोल्न नआएपनि राम्रोसँग बुझ्ने बताए । ‘एकदिन नेपाली फिल्म खेल्छु अनि थाहा पाउनुहुन्छ’, गोविन्दाले हाँस्दै भने ।

उनले आइतबार नै पशुपतिको दर्शन गर्ने बताइएको छ । यस्तै चन्द्रागिरी हिल्सको भ्रमण, चौधरी ग्रुपसँग डिनर र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने र घर बनाउने कुराले ठूलो चर्चा पाएको थियो । पत्रकारले उनबाट यसबारे पनि बुझ्न खोजे । उनले यो कुरामा सत्यता नभएको स्पष्ट पारे ।