आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अहिले नेपाली चलचित्रक्षेत्रमा सर्वाधिक हिट चलचित्र दिएका निर्माताको नाममा दीपक राज गिरीको पनि अग्रपंक्तिमा नाम आउँछ । तीनबर्ष अघिबाट चलचित्र क्षेत्रमा लागेका दीपकले टेलिसिरियलबाट नाम कमाउन सफल भए । डेढदशक बढी ‘तितो सत्य’ हाँस्यब्यंग्य टेलिसिरियल बनाउँदै आएका दीपक टेलिसिरियलबाट हात झिकेर चलचित्र बनाउन थाले । उनले शुरुमा बनाएको चलचित्र ‘६ एकान ६’ हो, जुन सुपरहिट भयो । टेलिभिजनमा निकै रुचाइएको कलाकारहरुलाई लिएर बनाएको चलचित्रमा नायिका को राख्ने भन्ने बिषयमा उनलाई त्यो समयमा निकै सोच्नुपरेको थियो, उनले धेरैलाई अफर पनि गरेका थिए, तर चलचित्र निर्माणमा दीपक नयाँ भएकै कारण धेरै नायिकाले उनलाई पत्याएनन्, तर नायिका निता ढुंगानाले चलचित्रमा काम गरिन् । अहिले दीपकले बर्षैपिच्छे एक चलचित्र बनाइरहेका छन् जुन सुपरहिट हुँदैपनि गएका छन् । अहिले उनको चलचित्रमा जोकेहिा नायिकाहरु काम गर्न इच्छुक हुन्छन् ।

गएको शुक्रबार नायिका निता ढुंगाानाले जन्मदिन मनाइन् । केहि चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुका बिच जन्मदिन मनाइरहँदा निर्माता दीपकराज, निर्देशक तथा कलाकार दीपाश्री निरौला पनि पुगेका थिए । केक काट्दै गर्दा दीपकले आफ्नो चलचित्रक्षेत्रको शुरुवातको दिन सम्झिदै नितालाई धन्यवाद थिए । उनले पहिलो चलचित्र बनाउँदा कसैले नपत्याएको बेला निताले आफूलाई पत्याएको भन्दै कामको तारिफ गरे । उनको जन्मदिन सेलिब्रेशनमा दीपक, दिपा, नायिका सुष्मा कार्की, नायक आर्यन अधिकारी, निर्माता सुरेश अधिकारी, कलाकार अनुराग कुँवर लगायत पुगेका थिए ।