आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘बाँध मायाले’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित उक्त चलचित्रको पोस्टरमा यि दुई रोमान्टिक मुडमा देखिन्छन् । पोस्टर हेरेर ‘बाँध मायाले’ लभ स्टोरी चलचित्र हो भनेर बिश्वास गर्न सकिन्छ । शान थापाले चलचित्रको पोस्टर टौवा क्रियशनका लागि डिजाइन गरेका हुन् ।

असोज ५ गतेदेखि नेपालका बिभिन्न हलहरुमा प्रदर्शनमा आउने यस चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा ‘बाँध मायाले’ ले टिम यतिबेला चलचित्रको प्रचारप्रसा।मा निकै लागिपरिरहेका छन् । चलचित्र युनिट हाल कलेज क्याम्पियनदेखि मिडिया अन्तरक्रियामा व्यस्त छन् ।

आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल लगायतको अभिनय रहेको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । महेन्द्र अधिकारी सह निर्माता रहेका चलचित्रमा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेका छन् भने कार्यकारी निर्माताको रुपमा केदार धिताल रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।