आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

दुर्गा पौडेलले ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि हात पारेकी छन् । १६ जना प्रतियोगितलाई पछि पार्दै दुर्गाले उपाधिसँगै विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरिन् । उनले उपाधिबाहेक मष्ट कन्फिडेन्सको सवटाइटल पनि प्राप्त गरिन् ।

जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना भएको यस प्रतियोगितामा फष्ट रनरअपमा लीलादेवी निरौलाले प्राप्त गरिन् । उनले उपाधिबाहेक वेष्ट ट्यालेन्ट र मिसेस पब्लिक चइसको टाइटल पनि प्राप्त गरिन् । त्यस्तै सिसम कार्कीले सेकेण्ड रनरअपको उपाधिसँगै मष्ट इन्टलिजिण्ट तथा मष्ट पपुलरको टाइटल प्राप्त गरिन् । थर्ड रनरअपमा भने राधिका रेग्मी घोषित भइन् । उनले उपाधिसँगै मष्ट अट्राक्टिभको टाइटल प्राप्त गरिन् ।

प्रतियोगिताको अन्य टाइटलहरूमा वेष्ट फोटोजेनिक तथा वेष्ट ड्रेसमा सुनु घले, मष्ट एक्टिभ विपास्ना बस्नेत, वेष्ट कम्प्लेक्सन उषा गुरुङ, वेष्ट पर्सनालिटी दुर्गा थापामगर, वेष्ट स्माइल प्रमिला थापामगर, मष्ट स्मार्ट ज्योति भट्ट, वेष्ट डिसिप्लिन उनिका थापा खड्का, मष्ट चार्मिङ संगम्ता चपाईं, मष्ट पञ्चल शोभा तामाङ, मष्ट इनजेर्टिभ मनिषा सिग्देल र मष्ट डेलिजेन्ट रूपा अर्याल सापकोटाले प्राप्त गरे ।

अमाजोन इन्टरटेन्मेण्टले आयोजना गरेको प्रतियोगिताको प्रमुख निर्णायकमा नायक प्रकाश अधिकारी थिए । त्यस्तै अन्य निर्णायकहरूमा मोडेल, सञ्चारकर्मी तथा नायक रिजन थापा, मिसेस नेपाल आइडल विजेता सिर्जना श्रेष्ठ र गायिका सुनिता सुब्बा प्रधान थिए । आयोजक संस्था अमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले विवाहित नारीमा हुने अन्तर्निहित प्रतिभालाई बहिर ल्याई पेशा र समाजप्रति र नारी चेतनाआ थप जिम्मेवार एवं उत्तरदायी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।