आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

भारतका अभिनेता तथा मोडल करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ को फस्टलुक युट्युव मार्फत सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा उनी एङग्री लुक्समा प्रस्तृत भएको देख्न सकिन्छ । चलचित्रको पहिलो मुहार उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर तयार पारिएको छ । ‘मिस्टर इन्डिया २०१७’ का विजेता पनि हुन् करण वर्मा ।

चलचित्रमा परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र जय राज रायले निर्माण गरेका हुन् । बिषेशत उक्त चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाको आधारमा बनाईएको छ । रामेश्वर कार्कीले छायांकन गरेको चलचित्रमा संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीले दिएका छन्। ‘दि कर्मा’ को कथामा निर्माता रायको आफ्नै हात रहेको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रको प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ ।

(टिजर)