आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चर्चित गायक प्रमोद खरेल र गायिका रजिन रिमालको आवाजमा ‘ तिमि हासेको पल ’बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा पल र आचलको अभिनय रहेको छ । नयाँ प्रेमिल शब्द र भावले भरिपूर्ण रहेको गीतको भिडियोमा पल र आचलको रोमान्स देख्न सकिन्छ ।

हरि कटुवालले रचेका गीतको शब्दमा कमल अधिकारीले संगीत भरेका छन् । गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै अफिसियल युत्युब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियोमा श्रीजल बरालको कोरियोग्राफी रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । त्यसैगरी गीतको भिडियो छायांकनमा सुरेश काफ्लेको हात रहेको छ ।

साशन कंडेलको निर्देशन रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । निर्देशक कंडेलले गीतको शब्द अनि भावलाई एउटा कलात्मक तरिकाले निकै मोहक र आकर्षण रुपमा भिडियोमा उतारेका छन् ।

(भिडियो)