आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्र ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । असोज ३० गते अर्थात दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको हो । यसअघि यो चलचित्र ‘छक्का पञ्जा ३’ सँग भिड्ने खबरले सिनेवृत निकै तातिएको थियो ।

दुई ठुला चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापनामा र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका छन् । आपसी समझदारी अनुसार यि दुई चलचित्रको प्रर्दशन मिति तय भएको हो । अब चलचित्रको प्रचारलाई तिव्र बनाउने निर्देशक अशोक शर्माको भनाई छ । सार्वजनिक पोस्टरमा चलचित्रका अधिकांश कलाकार देखिएका छन् ।

सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा उनी प्रमुख भूमिकामा छन् । कृति शर्मा, किरन शर्मा, र अंकित शर्माको संयुक्त निर्माण रहेको चलचित्र झापा र ईलाममा खिचिएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, रोशनविक्रम भट्टराईको एक्सन र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

बताइए अनुसार ‘जय भोले’ को बजेट १ करोड ६० लाख रहेको छ । सोसल कमेडी तथा ह्युमर ड्रामामा निर्मित चलचित्रमा निर्देशक शर्माको अभिनय पनि रहेको छ । यस अघि सार्वजनिक भएको ‘जय भोले’को उम्लियो भने पोखिन्छ गीत सर्वाधिक दर्शकले रुचाएका छन् ।