मुम्बई (एजेन्सी) ।

बलिउड दुई सुपरस्टार अमिताभ बच्चन र आमिर खान अभिनित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको उक्त चलचित्रमा यि दुई सुपरस्टारले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेका हुन् । समाचारका अनुसार यशराज फिल्म्सको यस चलचित्रको ट्रेलर आज यश चोपडाको जन्मदिनको मौका पारेर सार्वजनिक गरिएको हो। तर दुखत कुरा उनले यो संसार छाडीसकेका छन् ।

ट्रेलरमा एक्सन र दमदार डाइलगका साथै जबर्जस्त भिएफएक्स देख्न सकिन्छ । ८ नोभेम्बर अर्थात दिपावलीको अवसरमा प्रर्दशन हुन लागेको उक्त चलचित्र फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । चलचित्र तीन भाषामा अर्थात हिन्दीसँगै तमिल र तेलुगूमा भाषमा सार्वजनिक हुनेछ।

२ करोड १० लाख बजेट रहेको ‘ठग्स अफ हिन्दोस्तान’ यशराज ब्यानरको अहिले सम्मकै सबैभन्दा महँगो चलचित्र हो । समाचारका अनुसार भिएफएक्स र सेट डिजाइनमा निकै पैसा खर्च भएको बताइएको छ । पहिलो पटक ठगको जिन्दगीलाई पर्दामा देखाइएको चलचित्रमा आमिर खान (फिरंगी) , अमिताभ बच्चन (खुदाबक्श), फातिमा सना शेख (जफीर), लायड (जोन क्लाइव) र कटरीना कैफ (सुरैया)को भूमिकामा देखिने छन् ।

(भिडियो)