बलिउडका स्टारकिड तैमुर अली खानकी धाईआमालाई कार, छुटै मासिक तलब एक लाख ७५ हजार

मुम्बई (एजेन्सी) ।

बलिउडमा बेबो नामले चर्चित अभिनेत्री करिना कपुर र अभिनेता सेफ अली खानका छोरा तैमुर अली खान बलिउडका सबैभन्दा चर्चित स्टारकिड हुन् ।

सन् २०१६ डिसेम्बर २० तारिखमा जन्मिएका तैमुर अली खान प्ले स्कूलमा पनि खुब रमाइरहेका हुन्छन् । घरमा भने तैमुर सधैँ उनकी धाईआमासँगै बस्न रुचाउछन् । समाचारका अनुसार तैमुरकी धाईआमा अर्थात सावित्रीको मासिक तलब साढे एक लाख भारु छ । त्यतिमात्रै नभएर यदि कारणवश उनले अतिरिक्त काम गरिन् भने त्यो बढेर एक लाख ७५ हजार भारुसम्म पुग्ने बताइएको छ । सेफ र करिना विदेश घुम्न गएका बेला तैमुरको रेखदेखका लागि सावित्री पनि तैमुरसँगै विदेश जान्छिन् । तैमुरलाई कतै लैजानका लागि सावित्रीलाई कारसमेत दिइएको छ । बच्चासँग बिताएको प्रत्येक घण्टाको पैसा ती धाईआमालाई दिने गरिन्छ । एक च्याट शोमा अबको दुई वर्षमा करिनाले दोस्रो सन्तानलाई पनि जन्म दिने  योजना बनाएको बताएकी छिन् ।

समाचारका अनुसार जुहिस्थित एक एजेन्सीले बेबोको बच्चा सम्हाल्नका लागि सावित्रीको प्रबन्ध मिलाएको हो । उक्त एजेन्सीले धाईआमाको स्वास्थ्य, पृष्ठभूमी, र आर्थिक स्थितीको अनुसन्धान गर्छ । अन्य सेलिब्रिटीको बच्चा सम्हाल्न राखिएका धाईआमाको प्रबन्ध पनि यसै एजेन्सीले मिलाएको हो । जसले गर्दा सेलिब्रिटीहरुले कुनै प्रकारको समस्याको सामना गर्नु पर्दैन ।