संगीतमा व्यस्त राजशुक्र

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

कुनै समयका चर्चित गायकको रुपमा आफूलाई चिनाएका राजशुक्र लिम्बु अहिले संगीतको काममा निकै ब्यस्त छन् । उनका ‘हुर्रा हाहाहा, सम्झना राखी, देउलिङे मेला, धानै नाचौ सोल्टिनी’ जस्ता गीतले पूर्वी बजारमा निकै चर्चा पाएका थिए । पुर्वेली गायकको रुपमा चिनिने उनका ‘अजम्बरी माया, तिमी विना पनि एक्लै’, ‘टुङुनाको धुन’ जस्ता गीत पनि चर्चामा रहे ।

गायनबाट पनि राम्रै नाम कमाएका राजशुक्रका लागी गायन अब रहरको पेशा बनेको छ । विशेषगरी विदेशमा रहेर पनि गीत संगीतमा रमाउने गायक तथा गाियकाको रोजाईमा उनी पर्छन् । ‘चटक्कै गायनलाई माया मारेर चाँही होइन’ उनी भन्छन्, ‘गायनसँगै संगीतमा हात हाल्नुपर्ने आफ्नै बाध्यता छ । विवशता छ र साथीभाईको विश्वास पनि छ ।’ उनले बाटो मोडेपछि झण्डै १ सय ५० वटा शब्दलाई संगीतमा ढालेका छन् ।

राजेशपायल राईको गाएको ‘तिमी जुनझै’, प्रमोद खरेलको ‘सात समुन्द्रबाट’, अन्जु पन्तको ‘हिजो जति माया’, मेलिना राईको ‘जीवनभरी साथ देउ’, स्वरुप राज आचार्यको ‘छाडी गयौं निष्ठुरी’, सत्यराज आचार्यको ‘झस्काई रहने’ जस्ता चर्चित गीतको संगीतकार उनै लिम्बु हुन् । उनले संगीत भरेका अन्य गीतमा नयाँ पुराना गायक गायीकाका स्वर धेरै छन् ।

नेपाल संगीत उत्पादक संघको दुई कार्यकाल उपाध्यक्ष रहेका लिम्बु समुदायमा प्रख्यात छन् । लिम्बु चलचित्रकर्मीहरुको संस्था याक्थुङ मुनचइत चोक सयङको ४ वर्षदेखि कोषाध्यक्ष छन् । लिम्बु संस्कृतिको जगेर्नाको लागि निरन्तर क्रियाशील रहेका लिम्बुका लिम्बु भाषाका गीत दर्जनौं छन्, संगीत पनि गरेका छन् ।