चौथो कीर्तिपुर महोत्सव हुँदै

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

पर्यटकिय नगरी किर्तिपुरमा ‘चौथो कीर्तिपुर महोत्सव २०७५’ हुने भएको छ । यहि असोज १७ गते बुधवारदेखि असोज २७ गते शनिबार सम्म किर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा महोत्सव चल्ने बताइएको छ । औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा यस महोत्सव आयोजना गर्न लागेको हो ।

मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाई राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले बताए । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ । एक सय पचास बढी स्टल रहने यो महोत्सवमा दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ ।