मुम्बई (एजेन्सी) ।

भारतका चर्चित अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । भारतीय सञ्चार माध्यमले सोमबार बिहान चार बजेतिर निधन भएको जानकारी दिएको छ । सन् १९८८ मा राज कपूरको निधन भएको थियो । उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो ।

बताइए अनुसार कृष्णा लामो समयदेखी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य कृष्णाका पाँच सन्तान रणधीर, राजीव, रीमा, रितु छन् । उनी पारिवारिक तथा चलचित्रका प्रिमियरमा सहभागी हुने गरेकी थिइन् । पछिल्लो समय बिरामी अवस्थामा पनि चलचित्रका प्रिमियरमा सहभागी भएकी थिइन् । कृष्णाको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई उद्धृत गरिरहेका छन् ।