
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">शुक्रबार सम्पन्न सातौं म्युजीक खबर म्युजीक अवार्डमा सम्पादक बिरेन्द्र भाट ‘बिपिन’ले सर्वोत्कृष्ट म्युजीक भिडियो सम्पादकको अवार्ड जित्न सफल भएका छन् । ‘माया लाउने यहि ज्यान हो’ बोलको गीतको म्युजिक भिडियो सम्पादनबाट उनले योबर्षको अवार्ड जित्न सफल भएका हुन् । </p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/61135bc47ae5103aba82fa4248e50a111538918684.jpg" style="width: 1327px;"><br></p><p style="text-align: justify; ">प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा सम्पन्न अवार्ड समारोहमा अवार्ड लिँदै बिपिनले भिडियो सम्पादनको क्षेत्रमा कामगर्दै जाँदाको मिठो प्रतिफल पाउँदा खुसी लागेको बताए । ‘काम गर्दै जाँदा अवार्डबाट सम्मान हुँदा निकै खुसी लागेको छ, साथै भोलीका दिनको कामका लागी अझै जिम्मेवारी बढेको अनुभूति गरेको छु’, बिपिनले आर्टिष्ट खबरसँग कुरागर्दै भने । डेढ दशक अघिदेखी सम्पादन र छायांकनको कार्यगर्दे आएका बिपिनले म्युजीक भिडियोसँगै केहि चलचित्रपनि सम्पादन गरिसकेका छन् । </p>