दर्शकको प्रतिक्षाको घडि समाप्त, देशैभर ‘छक्का पञ्जा ३’प्रदर्शनमा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

प्राय जसो नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र ‘छक्का पञ्जा ३’आजबाट प्रदर्शनमा आएको छ । चलचित्रको प्रतिक्षामा रहेका दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । चलचित्र टिमले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

बक्सअफिसमा चलचित्रको दुई श्रृंखलाले सर्वाधिक कलेक्सनको रेकर्ड राखेको थियो । नेपाली चलचित्र इतिहासमै सर्वाधिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको पहिलो सिरिज र दोस्रो सिरिज जसले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो । तेस्रोले भने कति के कस्तो रेर्कड राख्नेछ त्यसकालागि प्रतिक्षा गर्नुपर्ने हुन्छ । चलचित्रको बारेमा जानकारी दिदै दिपकराज गिरीले भने ‘यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सँगै शिक्षा समेत दिने प्रयास गरेका छौँ ।’

यसअघि चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत सार्वजनिक भइसकेका छन् ।  ‘पहिलो नम्बरमा’ बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पायो यूट्युबमा १ करोड भ्यू पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर सेलिब्रेसन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीत अहिलेसम्मा १ करोड ६४ लाख ३ हजार ६ सय पटक हेरिइसकिएको छ । त्यस्तै  ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ ।

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपेन्द्र खनिया, सुमन गिरी, शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपानेको संयुक्त निर्माण रहेको चलचित्र दिपाश्री निरौलाले निर्देशन हुन् । चलचित्रको पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहेको छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।