बिपन र बर्षाको जोडी ‘जात्रै जात्रामा’

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

अभिनेता बिपिन कार्की र अभिनेत्री बर्षा राउतलाई लिएर नयाँ चलचित्र ‘जात्रै जात्रा’ बन्ने भएको छ । दुईबर्ष अघि निर्माण भएको चलचित्र ‘जात्रा’कै टिमले यो चलचित्र निर्माण गर्न लागेको हो । ‘जात्रा’ सफल भएसँगै त्यसैचलचित्रको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्माण हुन लागेको हो । यो चलचित्रपनि प्रदीप भट्टराईले नै निर्देशन गर्नेछन् भने कलाकारहरु पनि दोहोरिनेछन् ।

बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र र कलाकारहरुको बिषयमा जानकारी गराइयो । चलचित्र आउँदो कात्र्तिक १ गतेबाट छायांकनमा जाने बताइएको छ भने आउँदो फागुन १७ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने बताइयो । चलचित्रमा विपिन र बर्षाको साथमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् भने सिंगे लामा र यादव पौडेलको लगानी रहेनछ । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्यको पनि उपस्थिती थियो । आचार्यले चलचित्र टिमलाई शुभकामना दिएका थिए ।