आर्टिष्ट खबर, असोज, काठमाडौं ।

३० असोज बडा दशैंको अबसर पारेर फुलपातीबाट चलचित्र ‘जय भोले’ देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । आफ्नो चलचित्र मुलुकका १२५ ओटा सिनेमा हलबाट रिलिज हुन लागेको यसका निर्माता एवम् निर्देशक अशोक शर्माले बताएका छन् ।

चलचित्र प्रदर्शनबारे उनले भने,‘केही हलमा हाम्रो शो बाँढिने भएको छ । तर धेरैजसो चलचित्र घरमा जय भोले एकल रुपमा रिलिज हुँदैछ ।’ हल सञ्चालकहरुको सल्लाह अनुसार नै आफुले यो चलचित्र फुलपातीबाट रिलिज गर्न लागेको पनि उनले बताए । हास्यप्रधान भनिएको यो चलचित्र दुई साथीबीचको सम्बन्धमा आधारित रहेको पनि निर्देशक शर्माले बताए । खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा केही कुरा विशेष रहेको पनि उनले प्रष्ट्याए ।

अभिनेता खगेन्द्रले पनि बिगतको भन्दा यसपटक आफ्नो भूमिका फरक रहेको बताएका छन् । हास्यप्रधान भूमिकामा भए आफ्नो भूमिका यसमा केहीफरक रहेको पनि खगेन्द्रले बताएका छन् । खगेन्द्रका अनुसार उनले यो फिल्ममा जय डनको भूमिका निर्वाह गरेका छन् ।

यसमा खगेन्द्रको साथीको भूमिकामा अर्का अभिनेता सौगात मल्ल छन् । चलचित्रमा आफुहरुको भूमिकाबाट दर्शकले साथीको महत्व बुझ्ने पनि सौगातले बताए । अभिनेत्री स्वस्तिमा खड्काले पनि आफुभन्दा अग्रज कलाकारहरुसँग यसपटक काम गर्दा निकै रमाईलो भएको बताएकी छिन् । आफुले अभियन गरेको मध्य यो विशेष चलचित्र भएको पनि उनले प्रकाश पारिन् । फिल्ममा बुद्धी तामाङ भने खगेन्द्रको मितको भूमिकामा छन् । उनी ब्रुस लीको फ्यानको रुपमा यो फिल्ममा रहेको छन् । फिल्ममा खगेन्द्रलाई मार्सलआर्ट खेलाडीको रुपमा देख्न पाईने छ । झापा आसपासको क्षेत्रमा छायाँकन गरिएको यो चलचित्रमा खगेन्द्र, सौगात, स्वस्तिमा, बुद्धीसँगै सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक अशोक शर्मासहितको अभिनय छ । यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् । जसमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।