बद्री पंगेनीको बालापानको दशैं: लङ्गुर बुर्जामा पैसा हार्दा मुख निलो भयो

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

लोक गायक बद्री पंगेनीको बालापानको दसैं उनकै शब्दमाः

"मेरो बालापन पाल्पाको रामपुरमा बित्यो । जब दसैं आउँन एक महिना हुन्थ्यो त्यो बेलाबाटै कहिले दसैं आउँला र मिठो मिठो खान पाइएला, मामा घर जान पाइएला भन्ने लाग्थ्यो । हाम्रो गाउँमा त्यो समयमा सिमेन्टले बनेको घर निकै कम थिए, दिदिहरुसँग रातो माटो, कमेरो ल्याएर घर पोतेको याद छ, त्यस्तै बिग्रिएको ब्याट्रीको कालो भाग निकालेर घरको झ्याल रंगाएको अहिलेपनि झलझलती सम्झिन्छु । बिशेषगरी दसैंमा पिङ खेल्न खुबै रुचाउथेँ । कतिपय साथीहरु पिङ खेल्न डराउँथे तर म पिङ खेल्न जहिले पनि अघि सर्ने गर्दथेँ ।

सानो छँदा दसैंमा पाएको दक्षिणामा दुईचार रुपैंया गर्दै जम्मा गरिन्थ्यो । एकपटक दक्षिणाबाटै २७ रुपैंया सम्म जम्मा भएको थियो, धेरै होला भन्ने आशाले खोडखोडे (लङ्गुर बुर्जा) खेलियो । आउँला भनेको झन् पुरै पैसा हारियो, त्यो समयमा निलो मुख भएर फर्किएको थिए, कतिदिनसम्म त भात पनि रुचेन । पछि १४ बर्षको उमेरमा आइपुग्दा दसैं भनेपछि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा जाने, रमाइलो हेर्ने भन्नेकुरामा बढी चाख लाग्थ्यो । बिशेषगरी फुटबल प्रतियोगीता आयोजना हुन्थ्यो, म पनि त्यो समयमा फुटबल धेरै नै खेल्थेँ ।"