नायिका सारिकाको जन्मदिनमा सामाजिक काम

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, ललितपुर । </b></pre><p style="text-align: justify; ">गायिका तथा नायिका सारिका घिमिरेले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई सहयोग गरेकी छिन् ।&nbsp; उनले त्यहाँ रहेका ३५ जना मनोरोगी र ७ जना बालबालिकालाई खाना खुवाएर र लता कपडाका साथै खाद्य सामाग्री प्रदान गरेर आफ्नो जन्मदिन मनाएकी हुन् ।</p><p style="text-align: justify; ">नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ८ बर्षदेखी सञ्चालन मा आएको नेपाल स्नेही काखमा अहिले ३५ जना महिला र ७ जना बालबालिका आश्रित छन् । सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।</p><p style="text-align: justify; ">आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफूले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन । श्री नेहा मोडल तथा कलाकार हुन,&nbsp; उनि पछिल्लो समय सडकमा भएका मनोरोगीहरुको उदारमा लागेकी छन् ।</p><p style="text-align: justify; ">&nbsp;</p>