व्यंग्यकार राजाराजेन्द्र शसस्त्र सँग पुगे सिंगापुर

...

असोज, काठमाडौं । हाँस्य व्यंग्यकार राजाराजेन्द्र पोख्रेल सिंगापुर पुगेका छन् । सिंगापुर पुलिसको गोर्खालिद्वारा आयोजित एक कार्यक्रमका लागि शसस्त्र बलको डान्स टिमसँग बुधबार बिहान उनी सिंगापुर पुगेका हुन् । कार्यक्रम अक्टोवर १४, १५ र १६ का लागि सिंगापुर पुलिस क्याम्पमा भईरहेको छ । सिंगापुरबाट राजाराजेन्द्रले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरा गर्दै भने, यहाँको कार्यक्रम सकिए लगतै केहि दिनमै नेपाल आउने छु । कार्यक्रममा कलाकार पोख्रेल सँग एमसी डोल्मा सेर्पा पनि छन् ।

Raja rajendra pokhrel in singaporनेपाली हाँस्यव्यंग्य क्षेत्रका प्रतिभाशाली कलाकार राजाराजेन्द्र पछिल्लो समय बिभिन्न देशमा हुने कार्यक्रममा व्यस्त देखिन्छन् । स्टेजमा चढिसकेपछि लगातार घण्टौं हँसाईराख्न सक्ने उनको कलालाई दर्शकले अत्यधिक मन पराएका छन् । एक महिना अघि मात्रै एक कार्यक्रमका लागि राजाराजेन्द्र कोरिया पुगेका थिए । साथै उनी दिनहुँ जसो देशभित्रको कार्यक्रममा व्यस्त हुन्छन् । हाँस्य व्यंग्य सँग उनी गायनमा पनि सक्रिय छन् । दर्जनौं गितमा स्वर दिएका राजाराजेन्द्रको पछिल्लो समय महंगो रहेछ माया तिम्रो बोलको आधुनिक गित सार्वजनिक भएको छ ।