आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

दुईबर्ष अघि सार्वजनिक भएको ‘कपुरी क’ बोलको गीत अहिलेपनि नेपाली गीतसंगीतको बजारमा गुञ्जिरहेने गीत हो । यो गीत बर्षदिनसम्म निकै लोकप्रिय बन्यो । यसैगीतले अधिकांश अवार्डहरुपनि हात पा¥यो । यसैगीतका गायक सुनिल कटुवाललाई पनि यो गीतले धेरै दर्शक तथा श्रोतामाझ चिनायो ।

‘कपुरी क’ गीत गाउँनु भन्दा अघि दर्जन बढी गीत गाइसकेका सुनिल ओझेलमै थिए । सुरुवातमा दिनमा निकै संघर्षगर्दै गीत गाएका सुनिलले धेरैलाई सहयोगका लागी हारगुहार गर्नुपरेको बताउँछन् । दर्जनबढी गीत गाउँदा पनि दर्शक तथा श्रोतमाझ राम्रोसँग चिनिन नसक्दा नैराश्यता बढ्दै गएको बेला ‘कपुरी क’ले ठूलो फड्को मारेको बताउँछन् । ‘धेरै गीत गाइसकेको थिएँ, तर कतिपय गीतको भिडियो बनाउन नसकिने, कतिपय गीत बजार पु¥याउन नसकिने हुँदा खासै राम्रो गर्न सकिएको थिएन । जब कपुरी क गीत सार्वजनिक भयो एकाएक फड्को मारियो’ सुनिलले भने ।

दुईबर्षयता अध्ययनको शिलशिलामा अस्ट्रेलिया बस्दै आएका सुनिल अहिले चाडपर्व मनाउन नेपाल आएका छन् । उनी कपुरी क गीतको रेकर्ड र भिडियो सुट गरेर अस्ट्रेलिया गएका थिए । उनी अस्ट्रेलिया पुगेसँगै गीत रिलिज भएको थियो । उनी अस्ट्रेलियामा हुँदैगर्दा नेपालमा उनको गीत हिट भयो र उनलाई अस्ट्रेलियामै हुँदा अन्य केहि देशका बिभिन्न साँस्कृतिक कार्यक्रमहरुबाट अफर पनि आउन थाल्यो । ‘गीतको उचाई बढ्दै जाँदा धेरे शुभचिन्तकले बधाई पनि दिनुभयो, नेपालका स्टेज कार्यक्रममा त आउन पाइन तर केहि बिदेशका कार्यक्रमहरुमा भने सहभागी हुने मौका मिल्यो ।’ उनी कपुरी क गीत सार्वजनिक भएपछि हङकङ, मलेसिया लगायतका देशमा पुगिसकेका छन् । यस्तै उनले यसै गीतमार्फत बिदेशमै प्रदान गरिएको हिमालयन अन्तर्राष्ट्रिय म्युजीक अवार्डमा उत्कृष्ट गायक र नेपालमा ओएस नेपाल म्युजीक अवार्डमा नव गायकको अवार्ड समेत हात पारिसकेका छन् । यस्तै यसैगीतकी गायिका एन्जिला रेग्मीले पनि यसैगीतबाट केहि अवार्ड हात पारेकी छिन् ।

सुनिलले गीत हिट हुनका लागी गीतको लय, शब्दसँगै भिडियोपनि उत्तिकै राम्रो हुनुपर्ने बताउँछन् । पछिल्लो समय इन्टरनेटबाट गीत सुन्ने र हेर्ने जमाना आएको भन्दै भिडियोमा निकै मेहनत गर्नुपर्ने उनको भनाई छ । उनी अब ‘कपुरी क २’ निकाल्ने तयारीमा छन् । गीतले सफलता हाँसिल गरेको भएर फेरी ‘कपुरी क’ कै राम्रो टिमले ‘कपुरी क २’ निकाल्ने तयारीमा छौं । आउँदो तिहार पर्व मनाएर अस्ट्रेलिया फर्कने तयारीमा रहेका सुनिलले तिहार पछि नै ‘कपुरी क २’ सार्वजनिक गर्ने तयारीमा छन् । गीतको भिडियो यसपटक अस्ट्रेलियामै निर्माण गर्ने सोँचमा छन् ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ ।)