आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गीतकार मनिष बसिस्ठले छोटो फिल्म ‘काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय ‘पखेटा’ र ‘मुखौटा’ जस्ता फरक शैलीको गीतपछि उनी छोटो चलचित्र निर्माण तर्फ लागेका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन् । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् ।

म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । ‘मैले धेरै भिडियोको निर्देशन गरे तर यो टिमसँग काम गर्दा फरक नै हुदै गयो । यहि टिमसँग मैले मुखौटा, पखेटा लगायतका भिडियो तयार गरिसकेको छु , जुन मेरो अन्य भन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो ।’ निकेशले भने । यसमा कालसँगको भेटलाई देखिएको छ ।

असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् ।